अभिनेत्री टेरिया मगरको डेब्यू चलचित्र ‘मितज्यू’ ले प्रदर्शनको ९ दिनमै उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस विवरणअनुसार गत ८ जेठदेखि प्रदर्शनमा रहेको यस चलचित्रले शनिबारसम्म १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ ग्रस कमाइ गरेको छ।
यता, सोही दिन प्रदर्शनमा आएको विपिन कार्की र केकी अधिकारी अभिनित ‘काजी’ को व्यापार अपेक्षाअनुसार हुन सकेको छैन। बोर्डको तथ्यांकअनुसार चलचित्रले ९ दिनमा ४० लाख ८८ हजार १७५ रुपैयाँ मात्र ग्रस संकलन गरेको छ।
दुवै चलचित्र एकै दिन प्रदर्शनमा आए पनि बक्सअफिसमा ‘मितज्यू’ले स्पष्ट अग्रता कायम गरेको देखिएको छ। सार्वजनिक तथ्यांकले दर्शकको रोजाइमा ‘मितज्यू’ अगाडि रहेको संकेत गरेको छ।







