नेपाली फिल्म Elephants in the Fog ले विश्व प्रतिष्ठित Cannes Film Festival अन्तर्गतको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जित्दै नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याएको छ। निर्देशक Abinash Bikram Shah निर्देशित यो फिल्म कान्समा छनोट हुने पहिलो नेपाली फिचर फिल्मसमेत हो।

यसअघि शाहकै छोटो फिल्म Lori ले पनि कान्समा ‘स्पेसल मेन्सन’ पुरस्कार जितेको थियो। नेपालको किन्नर समुदायको कथा प्रस्तुत गरिएको Elephants in the Fog ले प्रिमियरपछि दर्शकबाट लामो स्ट्यान्डिङ ओभेसन पाउँदै अन्तर्राष्ट्रिय प्रशंसा बटुलेको छ।

यस विधाको मुख्य ‘अन सर्टेन रिगार्ड प्राइज’ अस्ट्रियाली निर्देशक सान्द्रा वोल्नरको फिल्म Everytime ले जितेको छ। त्यस्तै, ‘स्पेशल जुरी प्राइज’ फ्रान्सेली निर्देशक लुइस क्लिसीको फिल्म Iron Boy लाई प्रदान गरिएको छ।

उत्कृष्ट अभिनेतातर्फ Congo Boy का अभिनेता ब्राड्ली फियोमोना डेम्बेआसेट पुरस्कृत भए भने उत्कृष्ट अभिनेत्रीको पुरस्कार Siempre Soy Tu Animal Materno का कलाकार मरिना डे टाभिरा, डानिएला मारिन नाभारो र मारिएन्जेल भिलेगासलाई संयुक्त रूपमा प्रदान गरिएको हो।

यस वर्षको कान्स फिल्म फेस्टिभल आज समापन हुँदैछ भने मुख्य प्रतिस्पर्धात्मक विधाको विजेता पनि आजै घोषणा गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय