नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘डी सिने अवार्ड’को १७औँ संस्करणका लागि विशेष सम्मान तथा पुरस्कारहरूको घोषणा गरिएको छ।

विगत १७ वर्षदेखि छायाँछवि क्रियशनले आयोजना गर्दै आएको यो अवार्डले नेपाली चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, स्रष्टा तथा चलचित्रकर्मीहरूको योगदानलाई सम्मान गर्दै आएको छ।

यस वर्षको ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजा र चर्चित अभिनेत्री निरुता सिंहलाई प्रदान गरिने भएको छ। नेपाली चलचित्र क्षेत्रमा उनीहरूले पुर्‍याएको दीर्घकालीन योगदानको कदर गर्दै यो सम्मान दिन लागिएको आयोजकले जनाएको छ।

यस्तै, चलचित्र पत्रकारितामा सक्रिय योगदान पुर्‍याएका पत्रकार सचित खड्का ‘रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट सम्मानित हुने भएका छन्। उक्त पुरस्कारसँगै नगद १५ हजार ५ सय ५५ रुपैयाँ पनि प्रदान गरिनेछ।

डी सिने अवार्डको नयाँ घोषणासँगै नेपाली चलचित्र क्षेत्रका अनुभवी व्यक्तित्वहरूको योगदान फेरि एकपटक चर्चामा आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय