शाहिद कपूर, कृति सेनन र रश्मिका मन्दाना अभिनीत बहुप्रतीक्षित फिल्म ककटेल २ को ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा कृति सेननको बोल्ड अवतार चर्चाको केन्द्र बनेको छ।
मंगलबार मुम्बईमा आयोजित भव्य कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरले दर्शकमाझ उत्साह बढाए पनि फिल्मको वास्तविक कथा भने अझै रहस्यमै राखिएको छ। आकर्षक दृश्य, रोमान्टिक माहोल र क्याची गीतहरूले ट्रेलरलाई थप प्रभावशाली बनाएको छ। विशेषगरी ‘तुम ही बन्धु’को पुनःनिर्मित संस्करणले दर्शकलाई पुरानो सम्झनामा फर्काएको छ।
तर ट्रेलर सार्वजनिक भएपछि सबैभन्दा बढी चर्चा कृति सेननको बिकिनी लुकको भइरहेको छ। समुद्री किनारमा बिकिनीमा देखिएकी कृतिको ग्ल्यामरस अवतारले फ्यान्सलाई मन्त्रमुग्ध बनाएको छ। सामाजिक सञ्जालमा धेरैले उनलाई ‘स्टनिङ’, ‘किलर’ र ‘हट’ भन्दै प्रशंसा गरिरहेका छन्।
कृतिको फिटनेस र टोन्ड फिगरले पनि दर्शकको ध्यान तानेको छ। ट्रेलरका दृश्यहरूमा उनको आत्मविश्वासी प्रस्तुति र बोल्ड शैलीलाई फ्यान्सले खुलेर सराहना गरेका छन्।
ट्रेलर लन्च कार्यक्रममा शाहिद, कृति र रश्मिकाबीचको केमिस्ट्री पनि आकर्षणको विषय बन्यो। अब दर्शकहरू फिल्मको प्रदर्शन मितिको प्रतीक्षामा छन्। ‘ककटेल २’ आगामी जुन १९ मा विश्वभर प्रदर्शनमा आउने तयारीमा छ।







