काठमाडौं — गायिका तथा सर्जक सिर्जना खत्री ‘हाउडेमाया’को नयाँ गीत ‘फुलमाया’ सार्वजनिक भएको छ।
गीतमा शब्द र सङ्गीत स्वयं सिर्जना खत्रीकै रहेको छ भने सङ्गीत संयोजन योगेश काजी श्रेष्ठले गरेका छन्। लोक स्वाद र समकालीन प्रस्तुति मिश्रित गीतले प्रेम र संस्कृतिको भावलाई उजागर गर्ने प्रयास गरेको छ।
गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोको निर्देशन नितिन चन्दले गरेका छन्। भिडियोमा जङ्गलको रमणीय पृष्ठभूमिमा ‘ठमेल राज्य’को कथा प्रस्तुत गरिएको छ। साथै भोज र उत्सवका दृश्यमार्फत नेपाली मौलिक संस्कृति तथा जीवनशैलीलाई आकर्षक ढंगले चित्रण गरिएको छ।
‘फुलमाया’ सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ।







