गायक महेन्द्र राज बरालको नयाँ गीत ‘पुकुली माया’ सार्वजनिक भएको छ। ब्ल्याक बी पिक्चर्सको प्रस्तुति रहेको गीतमा महेन्द्र राज बराल र रचना रिमालको स्वर सुन्न सकिन्छ। सार्वजनिक पोस्टरमा कलाकार राहुल शाह र सुरक्ष्या इतानीलाई आकर्षक रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।

सुनिल बीकेको निर्देशन रहेको गीतमा प्रेम, आकर्षण र भावनात्मक सम्बन्धको कथा देखाइएको निर्माण टिमले जनाएको छ। पोस्टरमा झ्यालबाट मुस्कुराउँदै हेर्दै गरेकी सुरक्ष्या र उनलाई तलबाट प्रेमभावमा नियालिरहेका राहुल शाहको प्रस्तुति दर्शकमाझ आकर्षणको केन्द्र बनेको छ।

गीतमा डा. देवेन्द्र आचार्यको शब्द, राजेन्द्र बजगाईंको संगीत तथा निशान चन्द्र (भारत) को एरेञ्ज रहेको छ। मिक्सिङ/मास्टरीङ मनोज परियारले गरेका हुन् भने छायांकन अनिल के मानन्धरले गरेका छन्। भिडियोमा राहुल शाहकै कोरियोग्राफी रहेको छ।

‘पुकुली माया’लाई रोमान्टिक स्वादको नयाँ सांगीतिक प्रस्तुति भन्दै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय