गायक तथा संगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘कुरो बुझेसी’ सार्वजनिक भएको छ। सुन्दर हमालको शब्द रहेको गीतमा संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङको सम्पूर्ण काम आशिष अविरलले गरेका हुन्। गीतको रेकर्डिङ राग एन्ड आरएल स्टुडियो (अमेरिका) तथा एमडी बाल्टिमोरमा गरिएको हो।
गीतको भिडियोमा अभिनेता Paul Shah र मोडल अस्मिता जुरेलीको मुख्य अभिनय रहेको छ। भिडियोमा दुवैको रोमान्टिक केमेष्ट्रि र आकर्षक नृत्य प्रस्तुतिले दर्शकको ध्यान खिचेको छ। प्रेमभावमा आधारित गीतले एकअर्कालाई राम्रोसँग बुझेपछिको सम्बन्ध र अनुभूतिलाई चित्रण गरेको छ।
अमित कुमार चन्दको निर्माण रहेको भिडियोको निर्देशन शान थापाले गरेका छन्। भिडियोमा सञ्जय विश्वकर्माको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, विवेक सुनारको सम्पादन र मिलन विश्वकर्माको कलर ग्रेडिङ रहेको छ।
कलाकारहरूको पहिरन अनुस्का डीसी (आश्री क्रिएसन) ले तयार पारेकी हुन् भने मेकअप सीता मगरले गरेकी छन्। ‘कुरो बुझेसी’ गीत पल शाहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।







