काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण आइतबार पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिएका थिए।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा The Oldest Munro Bagger उत्कृष्ट फिचर वृत्तचित्र र The Anti Expedition उत्कृष्ट लघु वृत्तचित्र घोषित भए। कथानक विधातर्फ Ha Lyngkha Bneng (The Elysian Field) उत्कृष्ट फिचर फिक्सन तथा Ali उत्कृष्ट लघु फिक्सन बने।

नेपाल पानोरमा खण्डमा My Mom is a Bodybuilder उत्कृष्ट वृत्तचित्र र साँझका रंगहरू उत्कृष्ट फिचर फिल्म घोषित हुँदै जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

१ लाख रुपैयाँ राशिको दर्शक पुरस्कार जापानी निर्देशक साकामोटो जुन्जीको Climbing for Life ले जित्यो। जुनको ताबेईको जीवनमा आधारित उक्त चलचित्र महोत्सवको प्रमुख आकर्षणमध्ये एक थियो।

यस वर्षको किम्फको उद्घाटन त्रिवेणी राई निर्देशित Shape of Momo को नेपाल प्रिमियरमार्फत गरिएको थियो। महोत्सवका प्रमुख आकर्षणमा Climbing for Life को विशेष प्रदर्शन, फिल्म र सेन्सरशिपसम्बन्धी संवाद, तथा नेपाली चलचित्र निर्माणको बदलिँदो परिदृश्यबारे बहस रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय