निर्देशक उपेन्द्र सुब्बा को लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र जारी २ नेपाली ओटीटी प्लेटफर्म सिनेमाघर मा विश्वभर प्रदर्शनमा आएको छ। दर्शकले अब यो चलचित्र स्मार्टफोन, ट्याब्लेट तथा विभिन्न स्मार्ट टिभीमा सिनेमाघर एप डाउनलोड गरेर फोर–के (4K) गुणस्तरमा हेर्न सक्नेछन्।
दयाहाङ राई र मिरुना मगर अभिनीत चलचित्र लिम्बु समुदायमा प्रचलित ‘जारी प्रथा’ र च्याब्रुङ संस्कृतिको कथामा आधारित छ। चलचित्रले सम्बन्ध, परम्परा र सामाजिक यथार्थलाई केन्द्रमा राख्दै दर्शकमाझ विशेष चर्चा बटुलेको थियो।
‘जारी’को सफलतापछि निर्माण गरिएको यस सिक्वेलमा विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ। सिनेमाघरले चलचित्रलाई एचडी र 4K दुवै गुणस्तरमा उपलब्ध गराएको जनाएको छ, जसबाट स्वदेश तथा विदेशमा रहेका नेपाली दर्शकले सहज रूपमा चलचित्र हेर्न सक्नेछन्।







