Lalisa Manobal, Anitta र Rema को संयुक्त गीत ‘गोल्स’ सार्वजनिक

के–पप सुपरस्टार Lalisa Manobal, ब्राजिली पप गायिका Anitta र नाइजेरियन अफ्रोबिट्स कलाकार Rema ले संयुक्त रूपमा नयाँ गीत ‘गोल्स’ सार्वजनिक गरेका छन्।

‘गोल्स’ गीत 2026 FIFA World Cup को आधिकारिक एल्बमअन्तर्गत बिहीबार सार्वजनिक गरिएको हो। गीतमा के–पप, ल्याटिन पप र अफ्रोबिट्स संगीतको मिश्रण रहेको बताइएको छ, जसले विश्वकपको अन्तर्राष्ट्रिय भावना झल्काउने प्रयास गरेको छ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रशंसकहरूको उत्साह देखिएको छ। विशेषगरी लिसा, अनिट्टा र रेमाको पहिलो सहकार्य भएकाले गीतले छोटो समयमै विश्वव्यापी चर्चा बटुलेको छ।

यो गीत पहिलो पटक जुन १२ मा Los Angeles मा आयोजना हुने विश्वकप उद्घाटन समारोहमा प्रत्यक्ष प्रस्तुत गरिनेछ। आयोजकका अनुसार उद्घाटन समारोहमा विभिन्न देशका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।

2026 FIFA World Cup अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ, जसमा ४८ राष्ट्र सहभागी हुनेछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय