कान्समा एआईको बहस: डेमी मूरले भनिन्– “कृत्रिम बुद्धिमत्ता अब रोक्न नसकिने वास्तविकता”
Demi Moore ले कृत्रिम बुद्धिमत्ता (एआई) अब रोक्न नसकिने वास्तविकता बनिसकेको बताएकी छन्। Cannes Film Festival का क्रममा उनले एआईले चलचित्र उद्योगको काम गर्ने तरिका तीव्र रूपमा परिवर्तन गरिरहेको उल्लेख गरिन्।
कान्स चलचित्र महोत्सवमा यस वर्ष एआई प्रविधिको प्रयोग मुख्य बहसको विषय बनेको छ। चलचित्र निर्माण, सम्पादन, दृश्य प्रभाव तथा डिजिटल पात्र निर्माणमा एआईको बढ्दो प्रयोगले परम्परागत फिल्म निर्माण शैलीमा ठूलो परिवर्तन ल्याइरहेको विज्ञहरू बताउँछन्।
यसैबीच, Matthew McConaughey ले आफ्नो आवाज र अनुहार अनुमति बिना डिजिटल रूपमा प्रयोग हुन नदिन कानुनी प्रक्रिया अघि बढाएका छन्। उनले कलाकारहरूको व्यक्तिगत पहिचान र सिर्जनात्मक अधिकार सुरक्षित गर्न स्पष्ट कानुनी मापदण्ड आवश्यक रहेको बताएका छन्।
हलिउडमा एआईको बढ्दो प्रयोगसँगै कलाकारहरूको अधिकार, गोपनीयता तथा सिर्जनात्मक स्वतन्त्रतामाथि बहस चर्किंदै गएको छ।







