बलिउड अभिनेत्री Kangana Ranaut को मङ्गलसूत्र र हरियो चुरा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको विवाहबारे अड्कलबाजी सुरु भएको छ। भिडियोमा उनी हल्का गुलाबी सलवार–सुटमा देखिएकी छन् भने परम्परागत श्रृंगारले फ्यानहरूको ध्यान तानेको छ।

भाइरल भिडियो सार्वजनिक भएपछि धेरै फ्यानहरूले कंगनाले गोप्य रूपमा विवाह गरेको हुनसक्ने अनुमान गरेका छन्। सामाजिक सञ्जालमा “कंगना विवाह बन्धनमा बाँधिइन्?” भन्ने चर्चा व्यापक बनेको छ।

यद्यपि केही फ्यानहरूले भने उनको यो लुक आगामी फिल्म ‘Queen 2’ वा अन्य चलचित्रको छायाङ्कनका लागि हुनसक्ने बताएका छन्। केही भारतीय सञ्चारमाध्यमले पनि यो लुक फिल्म सुटिङसँग सम्बन्धित हुन सक्ने उल्लेख गरेका छन्।

पछि कंगनाले विवाहको हल्लालाई अस्वीकार गर्दै यो केवल सुटिङका लागि गरिएको लुक भएको संकेत दिएकी बताइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय