चलचित्र “गर्ल फ्रम नेपाल” को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। चर्चित डिजाइनर स्वप्निल आचार्यले डिजाइन गरेको पोस्टरलाई दर्शकले निकै रुचाएका छन्। लामो समयपछि पोस्टर डिजाइनमा स्वप्निलको कमब्याक यस चलचित्रमार्फत भएको निर्माण टोलीले जनाएको छ।
निर्देशक अर्नेस्ट अब्दीजापारोभ र सह-निर्देशकको संयुक्त निर्देशनमा बनेको “गर्ल फ्रम नेपाल” आगामी काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (KIMFF) 2026 मा प्रिमियर हुने तयारीमा छ।
चलचित्रले सोभियत संघकालीन समयलाई रोमान्टिक दृष्टिकोणबाट पुनः स्मरण गर्ने प्रयास गरेको बताइएको छ। पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उत्सुकता थपिएको छ।







