कमला मिस को टिजर सार्वजनिक, २२ साउनदेखि प्रदर्शनमा आउने

वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित फिल्म कमला मिस को टिजर सार्वजनिक गरिएको छ। मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्मको टिजरले रहस्य, मानसिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।

फिल्म नाटककार विजय मल्ल को चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ मा आधारित रहेको छ। फिल्ममा शीर्ष अभिनेत्री बास्ना तिमिल्सिना लाई केन्द्रमा राखिएको छ।

फिल्म आगामी २२ साउनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ। फिल्ममा शिवराम श्रेष्ठको छायांकन तथा युग भुसालको संगीत रहेको छ।

कमला मिस लाई विजय मल्ल स्मृति प्रतिष्ठान का लागि विजय मल्ल परिवारले निर्माण गरेको हो। फिल्मका कार्यकारी निर्माता उमेश मल्ल, चैतन्य प्रधान, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने लाइन प्रोड्युसर पुस्कर लामा हुन्।

फिल्मको कथा विजय मल्ल को रहेको छ भने पटकथा तथा संवाद नीर शाह, प्रज्वल दुलाल र सुगम दुलालले लेखेका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय