The Hidden Treasure ले मिस नेपाल २०२६ का लागि आवेदन खुला गरेको छ। बुधबार पुल्चोकस्थित The Plaza मा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी संस्करणबारे जानकारी दिइएको हो।
आयोजकका अनुसार इच्छुक प्रतियोगीहरूले जेठ २५ गतेसम्म निःशुल्क आवेदन दिन सक्नेछन्। विदेशमा बसोबास गर्ने नेपालीले गृह मन्त्रालयबाट जारी एनआरएन कार्डका आधारमा पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको जनाइएको छ।
प्रतियोगिताको ग्राण्ड फिनाले साउन १६ गते द प्लाजामै आयोजना हुनेछ। कार्यक्रम Himalaya Television बाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।
यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल गरी तीन विधामा विजेता छनोट गरिनेछ। आयोजकले प्रतियोगितामार्फत नेपाली युवतीहरूको प्रतिभा, व्यक्तित्व र नेतृत्व क्षमता उजागर गर्ने उद्देश्य रहेको जनाएको छ।







