काठमाडौं । रामकृष्ण ढकाल ले निर्माण गरेको फिल्म मालती मंगले अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । प्रकु पाण्डेय निर्देशित फिल्मले सन्तोषजनक कमाइ गरिरहेको निर्माण पक्षले जनाएको छ ।

फिल्मका गीतहरू भने दर्शक–श्रोतामाझ अझ बढी लोकप्रिय बनेका छन् । विशेषगरी रामकृष्ण ढकाल र मेलिना राई को स्वर रहेको ‘झ्याम पारम’ गीत अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । गीतलाई बुधबार बेलुकासम्म १७ लाख ७५ हजारभन्दा बढी पटक हेरिएको छ भने चार लाखभन्दा बढी टिकटक भिडियो बनेको निर्माता ढकालले जानकारी दिएका छन् ।

राजेन्द्र थापाको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको उक्त गीत अहिले सबैको मुखमा झुन्डिएको देखिन्छ । फिल्मका ‘सुनैको सपनी’, ‘ढुंगामाथि लेउ’, ‘चुड्का भजन’ र ‘झुटो आरोप’ गीत पनि दर्शकमाझ रुचाइएका छन् ।

विजय बराल, वर्षा राउत र मेक्सम गौडेल को मुख्य भूमिका रहेको फिल्म अहिले अमेरिका लगायत विभिन्न देशमा पनि प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय