काठमाडौँ । गायिका इन्दिरा जोशीले सामाजिक सञ्जालमार्फत जुम्ल्याहा सन्तानको प्रतीक्षामा रहेको बेबी बम्प फोटोसुट सार्वजनिक गरेकी छन्।
उनले गर्भावस्था चुनौतीपूर्ण भए पनि हाल तेस्रो त्रैमासिक सहज र सुन्दर रूपमा बितिरहेको उल्लेख गरेकी छन्। फोटोसुटमा उनी खुसी र आत्मविश्वासी देखिएकी छन्।
इन्दिराले महिलाहरूले आफ्ना गर्भावस्था सम्बन्धी अनुभव खुला रूपमा साझा गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसले अन्यलाई पनि प्रेरणा मिल्ने बताएकी छन्।
साथै, उनले प्रसूति पछिको समय कस्तो होला भन्ने विषयमा आफू उत्साहित रहेको प्रतिक्रिया पनि दिएकी छन्।
Post Views: 6







