काठमाडौँ । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले चलचित्र निर्माता तथा सम्बन्धित पक्षलाई बाँकी पारिश्रमिक ९ दिनभित्र भुक्तानी गर्न चेतावनी दिएको छ। संघले समयमै पारिश्रमिक नपाउँदा प्राविधिकहरू गम्भीर आर्थिक समस्यामा परेको जनाएको छ।
नेफ्टाका अनुसार चलचित्र प्राविधिकहरूको मेहनतअनुसार पारिश्रमिक नबढेको मात्र होइन, धेरैले महिनौँसम्म रकम नपाएको अवस्था रहेको छ। यसले प्राविधिक क्षेत्रमा असन्तुष्टि बढाएको संघको भनाइ छ।
संघले तोकिएको समयभित्र पारिश्रमिक भुक्तानी नगरे आगामी दिनमा चलचित्र छायांकन तथा प्राविधिक काम रोक्ने चेतावनी दिएको छ।
Post Views: 13







