काठमाडौँ । चर्चित गायक पशुपति शर्मा र गायिका राधिका हमालको नयाँ मौलिक लोकदोहोरी गीत ‘जुनकिरी’ सार्वजनिक गरिएको छ। रोमान्टिक लोकदोहोरी शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत स्वयं राधिका हमालकै रहेको छ।

गीतमा पशुपति शर्मा र राधिका हमालको स्वर सुन्न सकिन्छ भने भिडियोमा बबिनसिंह ठकुरी र सफल पुनमगरको अभिनय देखाइएको छ। गायक–गायिका स्वयं पनि भिडियोमा प्रस्तुत भएका छन्।

भिडियोमा माया, प्रेम र रमाइला ठट्टालाई मौलिक नेपाली परिवेशसँग जोडेर प्रस्तुत गरिएको छ। कलाकारहरूले परम्परागत तथा आधुनिक नेपाली पहिरन प्रयोग गरेका छन्, जसले भिडियोलाई अझ आकर्षक बनाएको छ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको छायाङ्कन र नवीन घर्तीमगरको सम्पादन रहेको छ। सार्वजनिक गीतले नेपाली लोकदोहोरी संगीतप्रेमी दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय