सन् २०२६ को फिफा विश्वकप उद्घाटन समारोह विश्वप्रसिद्ध संगीत कलाकारहरूको भव्य प्रस्तुति सहित हुने भएको छ। आयोजकका अनुसार ketty perry, future, tyla, blackpink कि lisa र ब्राजिली गायिका अनित्ता लगायत चर्चित कलाकारहरूले उद्घाटन समारोहमा प्रस्तुति दिनेछन्।
उद्घाटन समारोह जुन १२ मा अमेरिकाको लस एन्जलसस्थित सोफाइ रंगशालामा आयोजना हुनेछ। त्यसपछि उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले पाराग्वेसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
यसपटक विश्वकपसँगै आधिकारिक सांगीतिक एल्बम पनि सार्वजनिक गरिने तयारी गरिएको छ। फिफाले प्रतियोगितालाई संगीत र मनोरञ्जनसँग जोड्दै विश्वव्यापी सांस्कृतिक उत्सवका रूपमा प्रस्तुत गर्ने जनाएको छ।
यसैबीच, चर्चित गायिका शकिराले नाइजेरियन कलाकार बर्ना ब्वायसँगको नयाँ गीत ‘डाइ डाइ’ को झलक सार्वजनिक गरेकी छन्। उक्त गीत विश्वकपसँग सम्बन्धित आधिकारिक परियोजनाको हिस्सा हुने अनुमान गरिएको छ।
आयोजकहरूले विश्वकप उद्घाटन समारोहलाई खेल र संगीतको ऐतिहासिक संयोजन बनाउने दाबी गरेका छन्







