पाँचथरको यासोक बजारमा गायक प्रमोद खरेल र उनको ब्यान्ड ‘प्रमोद एन्ड परम्परा’ले शानदार सांगीतिक प्रस्तुति दिएका छन् । करिब दुई घण्टा चलेको कार्यक्रममा हजारौँ दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रमोदले आफ्ना चर्चित गीत प्रस्तुत गर्दा दर्शक उत्साहित बनेका थिए । हरेक गीतपछि ‘वान्स मोर, वान्स मोर’को आवाजले पूरा बजार गुञ्जिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमोद खरेलले लिम्बु समुदायसँग आफ्नो विशेष आत्मीय सम्बन्ध रहेको बताए । स्थानीयवासीले दिएको ‘सिलाम साक्मा’ सम्मानले आफू निकै भावुक र खुसी भएको उनले उल्लेख गरे ।

सांगीतिक माहोलले यासोक बजार शुक्रबार राति अबेरसम्म रमाइलो बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय