काठमाडौँ । वरिष्ठ लोकगायक बमबहादुर कार्कीको नयाँ सन्देशमूलक गीत ‘म पानी हुँ’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा महानायक राजेश हमालले गीत सार्वजनिक गरेका हुन् ।
पानीको महत्व र संरक्षणको सन्देश बोकेको गीतमा राजेश हमाल र करिश्मा मानन्धरको अभिनय देख्न सकिन्छ । लामो समयपछि यो चर्चित जोडी एउटै भिडियोमा देखिएको हो । भिडियोमा सगुन कार्कीको पनि अभिनय रहेको छ ।
गीतमा बमबहादुर कार्कीको शब्द तथा संगीत रहेको छ भने स्वरमा शिवा आले कार्की, लोचन भट्टराई र अर्जुन सोनमले साथ दिएका छन् । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् ।
कार्यक्रममा बोल्दै राजेश हमालले पानी मानव जीवनको आधार भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए ।
Post Views: 11







