काठमाडौँ । नेपाली नाट्य तथा साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने विजय मल्लले २००१ सालमा ‘राधा मान्दिन’ नामक एकाङ्की लेखेर आफ्नो लेखन यात्रा सुरु गरेका थिए। त्यसपछि २००४ सालमा उनले ‘बहुला काजीको सपना’ नामक नाटक मञ्चन गरेका थिए, जसले उनलाई नाटककारको रूपमा थप परिचित बनायो।

बालकृष्ण समबाट प्रेरणा लिँदै मल्लले क्रमशः नाटक लेखनलाई आफ्नो मुख्य सिर्जनात्मक क्षेत्र बनाउँदै लगेका थिए। पछि उनी ‘गौरीशङ्कर नाटक मण्डली’ संस्थामा सचिव पदमा समेत सक्रिय रहे।

उनका ‘स्वामी रणबहादुर शाह’, ‘कोही किन बरबाद होस्’ र ‘जिउँदो लास’ जस्ता नाटक नेपाली रंगमञ्चमा अत्यन्तै चर्चित बनेका थिए। यी कृतिहरूले सामाजिक, ऐतिहासिक र मानवीय भावनालाई गहिरो रूपमा प्रस्तुत गरेका थिए।

त्यसैगरी, उनका कृतिहरूको प्रभाव चलचित्र क्षेत्रमा पनि देखियो। उनका कथामा आधारित ‘कुमारी’, ‘बदलिँदो आकाश’ र ‘पच्चिस वसन्त’ जस्ता चलचित्रहरू निर्माण भई दर्शकमाझ लोकप्रिय बने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय