नेपाली माटो, पसिना र संघर्षको कथा बोकेको फिल्म ‘हली’ अब दर्शकमाझ आउने भएको छ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको फिल्म साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने घोषणा गरिएको छ।

सार्वजनिक पोस्टरमा काँधमा हलो बोकेका पुरुष र नाम्लो–डोको बोकेकी महिलाको तस्बिरले नेपाली ग्रामीण जीवन, कृषि संस्कार र श्रमशील परिवारको यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

फिल्मले किसानको मेहनत, पारिवारिक जिम्मेवारी र समाजका विभिन्न संघर्षका कथालाई समेट्ने अपेक्षा गरिएको छ।

फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की लगायत कलाकारहरूको अभिनय रहेको छ।

नेपाली गाउँघरको परिवेश र माटोसँग जोडिएको कथा लिएर आएको ‘हली’ ले दर्शकलाई आफ्नै जीवन र समाजको प्रतिबिम्ब देखाउने निर्माण टिमको विश्वास छ।

अब हेर्न बाँकी छ, साउन २२ देखि प्रदर्शनमा आउने यो फिल्मले दर्शकमाझ कस्तो छाप छोड्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय