बलिउडको बहुप्रतीक्षित फिल्म Don 3 वरिपरि देखिएको विवाद अब अदालतसम्म पुगेको छ। अभिनेता Ranveer Singh ले फिल्मबाट बाहिरिएपछि जारी भएको ‘नन–कोअपरेशन’ निर्देशनविरुद्ध चलचित्रकर्मी संगठन FWICE लाई कानुनी नोटिस पठाएका छन्।

रिपोर्टअनुसार रणवीरको फिल्म छोड्ने निर्णयले निर्माता–निर्देशक Farhan Akhtar र उनको टिमलाई ठूलो आर्थिक तथा व्यावसायिक झट्का पुगेको दाबी गरिएको छ। यसै विषयलाई लिएर दुवै पक्षबीचको मतभेद बढ्दै जाँदा मामला अदालतसम्म पुगेको हो।

FWICE ले रणवीरसँग सहकार्य नगर्न आफ्ना सदस्यलाई निर्देशन दिएपछि अभिनेता कानुनी प्रतिकारमा उत्रिएका हुन्। केही निर्माता तथा फिल्मकर्मीहरूले भने यस्तो निर्देशनले कलाकारको पेशागत स्वतन्त्रतामा असर पर्ने भन्दै विरोध जनाएका छन्।

यसैबीच अभिनेत्री Kangana Ranaut समेत रणवीरको पक्षमा उभिएकी छन्। उनले सफलता बढेसँगै विरोधी पनि बढ्ने टिप्पणी गर्दै रणवीरलाई समर्थन गरेकी छन्।

‘डन ३’ को भविष्य अन्योलमा परिरहेका बेला रणवीर–फरहान विवादले बलिउडमा नयाँ तरंग सिर्जना गरेको छ। अब अदालतको निर्णयले यो चर्चित विवादलाई कुन मोडमा पुर्‍याउँछ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय