काठमाडौं । हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ सार्वजनिक गरिएको छ ।
गीत सार्वजनिक कार्यक्रममा संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको सशक्त माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ घोषणा गरिएको थियो । अभियानमार्फत संगीतको माध्यमबाट शान्ति, सद्भाव र सकारात्मक सन्देश फैलाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
गीतमा मनमाया पंगेनी भट्टराई र कमल सौरागको स्वर रहेको छ । गीतको शब्द तथा संगीत पनि उनीहरूकै रहेको छ । सार्वजनिक गीतले शान्ति, प्रेम र मानवीय एकताको सन्देश बोकेको बताइएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सहभागीहरूले संगीतले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।







