अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह को मुख्य भूमिका रहेको आगामी नेपाली फिल्म ‘सारथी’को म्याग्दीस्थित गुर्जा खानी क्षेत्रमा छायांकन सम्पन्न भएको छ।
निर्देशक कुमार गजुरेल का अनुसार फिल्मको पहिलो चरणको छायांकन सफलतापूर्वक पूरा भएको छ भने अब बाँकी दृश्यहरू काठमाडौंमा खिचिनेछन्। निर्माण टिमले पोस्ट–प्रोडक्सनको कामसँगै चाँडै नै प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
फिल्म ‘सारथी’को विशेष आकर्षण लामो समयपछि अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको पुनर्मिलन हो। नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय जोडीका रूपमा परिचित यी दुई कलाकारलाई फेरि एउटै फिल्ममा देख्न पाइने भएपछि दर्शकमाझ उत्सुकता बढेको छ।
निर्माण पक्षका अनुसार फिल्मले मनोरञ्जनसँगै भावनात्मक कथा प्रस्तुत गर्नेछ। कलाकार चयन र छायांकन स्थलका कारण पनि ‘सारथी’ अहिले चर्चामा रहेको छ।







