काठमाडौं कलिङ साहित्य महोत्सव को चौथो संस्करण आगामी २३ र २४ जेठमा काठमाडौंमा आयोजना हुने भएको छ ।

यस वर्ष महोत्सव ‘सीमाभन्दा पर, परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ भन्ने मूल थिमका साथ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवले दक्षिण एसियाली साहित्य, संस्कृति, समाज र समसामयिक विश्व परिवेशमाथि बहस तथा संवाद गर्ने लक्ष्य राखेको छ ।

महोत्सवमा नेपाल, भारत तथा अन्य दक्षिण एसियाली देशका लेखक, कलाकार, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ र बुद्धिजीवीहरूको सहभागिता रहनेछ । विभिन्न सत्रमार्फत साहित्य, कला, राजनीति, पहिचान, संस्कृति र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरिने आयोजकले जानकारी दिएको छ ।

काठमाडौंमा आयोजना हुने दुईदिने महोत्सवले दक्षिण एसियाली साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय