प्रतिष्ठित Cannes Film Festival मा जुरी पुरस्कार जितेर इतिहास रचेको नेपाली फिल्म Elephants in the Fog को टोली स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कलाकार, शुभेच्छुक तथा चलचित्रकर्मीहरूले भव्य स्वागत गरेका हुन् ।

सरकारले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च बनाएको भन्दै फिल्म टोलीलाई बधाई दिएको छ । साथै, चाँडै विशेष कार्यक्रम आयोजना गरी सम्मान गर्ने घोषणा पनि गरेको छ ।

यसैबीच, नेपाल चलचित्र विकास बोर्ड ले पनि कान्स विजेता टोलीलाई सम्मान गर्ने तयारी गरेको जनाएको छ । बोर्डका अनुसार यसै साता आयोजना हुने कार्यक्रममा फिल्म टोलीलाई नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरिनेछ ।

फिल्मको ऐतिहासिक सफलताले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाएको भन्दै कलाकार तथा चलचित्रकर्मीहरूले खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय