‘रोल नं १’को भावनात्मक गीत ‘मेरो लागि तिमी’ सार्वजनिक

आगामी नेपाली फिल्म रोल नं १ को नयाँ भावनात्मक गीत ‘मेरो लागि तिमी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले सन्तानका लागि अभिभावक र अभिभावकका लागि सन्तानको महत्वलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ ।

गीतमा परिवारभित्रको माया, त्याग र भावनात्मक सम्बन्धलाई मार्मिक रूपमा चित्रण गरिएको छ । विशेषगरी अभिभावक र सन्तानबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको गीतले दर्शकको मन छुने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।

विद्यार्थीको मनोविज्ञान, शैक्षिक प्रणालीको दबाब तथा त्यसले पार्ने नकारात्मक प्रभावलाई मुख्य विषय बनाइएको फिल्म ‘रोल नं १’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्मले वर्तमान शिक्षा प्रणालीभित्र विद्यार्थीले भोगिरहेका चुनौती र पारिवारिक सम्बन्धको महत्वलाई उजागर गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय