लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ खानीगाउँस्थित नेपालको पहिलो ढुङ्गाको बगैचा (Rock Garden) मा आज जेठ ९ गते बेलुका ८ बजे गुरुङ चलचित्र ‘मुख्या’ प्रदर्शन हुने भएको छ। प्रितम गुरुङको ५०औँ गुरुङ चलचित्रका रूपमा रहेको ‘मुख्या’ प्रदर्शन कार्यक्रममा उपस्थितिका लागि आयोजकले सम्पूर्ण दर्शकमा सादर निमन्त्रणा गरेको जनाएको छ।







