चिकित्सक तथा गजलकार डा. देवेन्द्र आचार्यले लेखेको गीत ‘पुकुली माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा कार्यरत डा. आचार्य चिकित्सा सेवासँगै साहित्य सिर्जनामा पनि सक्रिय छन्। उनले आफ्नै शब्दमा तयार भएको ‘पुकुली माया’मार्फत सांगीतिक क्षेत्रमा नयाँ प्रस्तुति दिएका हुन्।

गीतमा युवा संगीतकार राजेन्द्र बजगाईंको संगीत रहेको छ भने महेन्द्रराज बराल र रचना रिमालले स्वर दिएका छन्।

भिडियोमा राहुल शाह र सुरक्षा इटनीको अभिनय देख्न सकिन्छ। स्वास्थ्यकर्मीको भूमिकामा देखिएकी सुरक्षा इटनीको अभिनयलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।

महेन्द्रराज बरालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय