पोडकास्टमा अश्लील शब्द प्रयोगपछि प्रहरीद्वारा कमेडियनहरू सचेत, माफी मागे
युट्युब पोडकास्टमा अश्लील तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा कमेडियनहरू उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई प्रहरीले सचेत गराएको छ।
प्रहरी स्रोतका अनुसार सजन श्रेष्ठले सञ्चालन गरेको ‘The last question’ पोडकास्टमा सापकोटा र गौतमले अश्लील शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि उजुरी र गुनासोको आधारमा उनीहरूलाई कार्यालयमै बोलाएर सम्झाइ–बुझाइ गरिएको हो।
जेठ ५ गते उनीहरूले प्रहरीसँग भेटेर पोडकास्टमा प्रयोग भएका शब्दप्रति माफी मागेको समेत जनाइएको छ। प्रहरीले भविष्यमा यस्ता सामग्री प्रसारण गर्दा संयमता अपनाउन निर्देशन दिएको बताइएको छ।







