आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म कुम्भ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मनिष शाहीको स्वर, रन्धिर श्रेष्ठको शब्द तथा डीजे एएनको संगीत रहेको छ ।
फिल्ममा मुख्य कलाकारका रूपमा अशोक आर्यन र सृष्टि खड्का रहेका छन् ।
फिल्मको लेखन, निर्देशन, छायाङ्कन तथा सम्पादन सबै जिम्मेवारी रन्धिर श्रेष्ठ स्वयंले गरेका हुन् ।
फिल्मको प्रदर्शनअघि जेठ १३ गते काठमाडौंस्थित रञ्जना सिनेप्लेक्स मा पेड प्रिभ्यु शो आयोजना गरिने जनाइएको छ ।
प्रेम, भावना र सम्बन्धको कथावस्तुमा आधारित फिल्म ‘कुम्भ’ जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।







