शुक्रबारदेखि ‘मितज्यू’, ‘काजी’ सहित ‘चाँद मेरी दिल’ र ‘स्टार वार्स : द मन्डलोरियन एण्ड ग्रोगु’ रिलिज

काठमाडौं । शुक्रबारदेखि नेपाली तथा विदेशी फिल्महरू प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’सँगै बलिउडको ‘चाँद मेरी दिल’ तथा हलिउडको ‘स्टार वार्स : द मन्डलोरियन एण्ड ग्रोगु’ नेपाली हलमा रिलिज भएका हुन्।

नेपाली फिल्म ‘मितज्यू’मार्फत नृत्य रियालिटी शोकी विजेता टेरिया मगरले अभिनयमा डेब्यू गरेकी छन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल लगायत कलाकारको अभिनय रहेको छ। अनिल बुढामगर निर्देशित फिल्मले पारिवारिक सम्बन्ध र सामाजिक कथावस्तु प्रस्तुत गरेको जनाइएको छ।

त्यस्तै, नेपाली फिल्म ‘काजी’ पनि यही शुक्रबारदेखि प्रदर्शनमा आएको छ। फिल्मले नेपाली समाज र पात्रहरूको संघर्षलाई केन्द्रमा राखेको निर्माण टिमले जनाएको छ।

बलिउडतर्फ ‘चाँद मेरी दिल’ले रोमान्टिक कथालाई पर्दामा उतारेको छ भने हलिउड फिल्म ‘स्टार वार्स : द मन्डलोरियन एण्ड ग्रोगु’ पनि दर्शकमाझ आएको छ। जोन फेब्रुले निर्देशन गरेको उक्त फिल्ममा पेड्रो पास्कल मुख्य भूमिकामा छन्। फिल्ममा लोकप्रिय पात्र ‘बेबी योडा’ अर्थात् ग्रोगुको नयाँ साहसिक यात्रा देखाइएको छ।

यस साताको रिलिजसँगै नेपाली बक्स अफिसमा विविध शैलीका फिल्मबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय