नेपाली चलचित्र ‘लालीबजार’ले प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको उत्साहजनक साथ पाउँदै बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ। देशभरका हलहरूमा हाउसफुल शोका साथ प्रदर्शन भइरहेको चलचित्रले हालसम्म ५ करोड २५ लाख रुपैयाँभन्दा बढीको व्यापार गर्दै सफलता यात्रालाई निरन्तरता दिएको निर्माण पक्षले जनाएको छ। दर्शकमाझ सकारात्मक प्रतिक्रिया र मुखैमुख प्रचारका कारण चलचित्रप्रति आकर्षण झन् बढिरहेको बताइएको छ।

यम थापा द्वारा लिखित तथा निर्देशित चलचित्र ‘लालीबजार’ सामाजिक यथार्थ, सम्बन्ध र भावनात्मक कथावस्तुमा आधारित रहेको जनाइएको छ। चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्र सिंह बनियाँ, प्रशंसा सुवेदी, समाइरा थापा मगर, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल तथा आशा पौडेलको अभिनय रहेको छ। कलाकारहरूको सशक्त अभिनय, कथावस्तुको प्रस्तुति र निर्देशन शैलीका कारण चलचित्रले सबै उमेर समूहका दर्शकको मन जितिरहेको प्रतिक्रिया आएको छ।

प्रदर्शनसँगै चलचित्रले नेपाली बक्स अफिसमा नयाँ ऊर्जा थपेको भन्दै चलचित्रकर्मीहरूले पनि ‘लालीबजार’को सफलतालाई सकारात्मक संकेतका रूपमा लिएका छन्। दर्शकको अत्यधिक माया र साथले आगामी दिनमा चलचित्रको व्यापार अझै बढ्ने अपेक्षा निर्माण टिमले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय