बलिउड अभिनेत्री मौनी रोय र उनका पति तथा व्यवसायी सुरज नाम्बियारले आधिकारिक रूपमा अलग हुने निर्णय सार्वजनिक गरेका छन्। विवाहको चार वर्षपछि दुवैले सम्बन्ध अन्त्य गर्ने निर्णय लिएको संयुक्त वक्तव्यमार्फत पुष्टि गरेका हुन्।
मे १४, २०२६ मा सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा उनीहरूले आपसी समझदारीका आधारमा अलग हुने निर्णय गरिएको बताएका छन्। साथै, यो कठिन समयमा व्यक्तिगत गोपनीयताको सम्मान गरिदिन सञ्चारमाध्यम र शुभचिन्तकसँग अनुरोध गरेका छन्।
मौनी रोय र सुरज नाम्बियारले सन् २०२२ मा विवाह गरेका थिए। विवाहपछि उनीहरू सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा निकै चर्चित जोडीका रूपमा देखिने गरेका थिए। उनीहरूको सम्बन्ध टुटेको खबरले बलिउड क्षेत्रमा चर्चा पैदा गरेको छ।







