काठमाडौँ । सामाजिक विवाद र अदालतसम्म पुगेको मुद्दाबीच फिल्म ‘लालीबजार’ले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। फिल्मले प्रदर्शनको छैटौँ दिनसम्म देशभरबाट २ करोड ४० लाख रुपैयाँ ग्रस कमाइ गरेको निर्माण पक्षले जनाएको छ।

निर्माता म्याक्स दिपेश खत्रीले विभिन्न अवरोध र आलोचनाका बाबजुद दर्शकको साथ उत्साहजनक रहेको बताएका छन्। उनले ‘चारैतिरको हमला र अवरोधपछि पनि फिल्मले हलमा उत्कृष्ट व्यापार गरिरहेको’ प्रतिक्रिया दिएका छन्।

फिल्मलाई लिएर सामाजिक सञ्जालदेखि अदालतसम्म विवाद भए पनि दर्शकको चासो भने बढिरहेको देखिएको छ। निर्माण टिमका अनुसार अब फिल्मलाई विदेशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको छ।

‘लालीबजार’ अहिले देशभरका हलमा प्रदर्शनरत छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय