काठमाडौं । उमा श्रेष्ठ (कार्की) ले नेपाल चलचित्र कलाकार संघ को आसन्न निर्वाचनअघि आफ्नो मताधिकार सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएकी छन्।
अभिनेत्री कार्कीले संघका सचिव रामेश्वर बुर्लाकोटी माथि रकम बुझाउँदा पनि सदस्यता नवीकरण नगरेको आरोप लगाएकी छन्। उनले आफूलाई नियोजित रूपमा मतदान अधिकारबाट वञ्चित गर्न खोजिएको दाबी गरेकी छन्।
उजुरीपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं ले कलाकार संघलाई अभिनेत्री उमाको मतदान अधिकार सुनिश्चित गर्न निर्देशन दिएको बताइएको छ।
नेपाल चलचित्र कलाकार संघको निर्वाचन नजिकिँदै गर्दा सदस्यता नवीकरण र मताधिकारको विषयलाई लिएर विवाद सतहमा आएको छ।







