काठमाडौँ । नेपाली म्युजिक भिडियोका चर्चित अनस्क्रिन जोडी पल शाह र मलिका महत पुनः नयाँ गीत ‘गाजल टिकी 2.0 – नजर लाग्ला हाई’ मार्फत दर्शकमाझ आएका छन्। ‘पीएम जोडी’का नामले लोकप्रिय यी दुई कलाकारको नयाँ प्रस्तुति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बढ्न थालेको छ।

गीतमा पल शाह र मलिका महतको रोमान्टिक केमेस्ट्री आकर्षक ढंगले प्रस्तुत गरिएको छ। सार्वजनिक भिडियोमा दुवैको अभिनय, हाउभाउ र स्क्रिन प्रेजेन्सलाई दर्शकले निकै रुचाएका छन्।

गीतलाई सन्तोष सुनारले स्वर, शब्द तथा संगीत दिएका छन्। भिडियोको निर्देशन शान थापाले गरेका हुन् भने सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन्।

यसअघि पनि पल र मलिकाको जोडीले धेरै सफल म्युजिक भिडियो दिएका कारण नयाँ गीतप्रति दर्शकको उत्साह उच्च देखिएको छ। गीत सार्वजनिक भएसँगै युट्युब र टिकटकमा पनि यसको क्लिपहरू भाइरल हुन थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय