चलचित्र पत्रकार संघको दशौं महाधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।
महाधिवेशनबाट अध्यक्षमा समिर बलामी निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य र उपाध्यक्ष (महिला) मा दिपज्योती थापा निर्वाचित हुनुभएको छ। कार्यक्रमतर्फका उपाध्यक्ष कुमार आचार्य निर्बिरोध चयन हुनुभएको हो।
महासचिवमा गोपीकृष्ण चापागाईं, सचिवमा मदन रिजाल र सचिव (समावेशी) मा महम्मद जलिम निर्वाचित हुनुभएको छ। सचिव (समावेशी) पदमा जलिम निर्बिरोध चयन हुनुभएको जनाइएको छ।
त्यस्तै कोषध्यक्षमा मनिष अञ्जान र सहकोषाध्यक्षमा अर्जुन गुरागाईं चयन हुनुभएको छ।
महाधिवेशनबाट सदस्य पदमा सुशील नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) र रतन बहादुर चन्द निर्बिरोध निर्वाचित हुनुभएको छ।
नव निर्वाचित कार्यसमितिले चलचित्र पत्रकारिताको विकास, पेशागत अधिकारको संरक्षण तथा संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।







